सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै

समाचार सारांश
- डा. केशव श्रेष्ठ, जसले फेसबुकमा सन्देश लेखेपछि सम्पर्कविहीन भएका थिए, उनको खोजीमा प्रहरी जुटेको छ।
- डा. श्रेष्ठ रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट थिए र उनले परिवार र आफन्तसँग माफी माग्दै सन्देश लेखेका थिए।
- प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसन गोपीकृष्ण हल नजिकै फेला पारेको छ र चाबहिल क्षेत्रमा खोजी गरिरहेको छ।
काठमाडौँ । फेसबुकमा सन्देश छाडेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठको खोजीमा काठमाडौँका विभिन्न प्रहरी युनिटहरू जुटेको छ । रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. श्रेष्ठले सोमबार फेसबुकमा सन्देश लेख्दै सम्पर्कविहीन बनेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कार्यालयको टोलीसहित साइबर ब्युरो, काठमाडौँ परिसरलगायतको टोली उनको खोजीमा जुटेको छ । डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केको बस्नेतले जानकारी दिए ।
डा. श्रेष्ठको मोबाइल स्वीच रहे पनि उनको पछिल्लो लोकेसन गोपीकृष्ण हलनजिकै देखिएको थियो । ‘हामीले चाबहिल क्षेत्रमा उनको खोजी गरिरहेका छौँ,’ बस्नेतले भने ।
गैँडाकोट घर भएका श्रेष्ठ काठमाडौँको कपनमा बस्दै आएका थिए । श्रेष्ठले फेसबुकमा परिवार लगायत आफन्तहरूसँग माफी मागेका छन् ।
रामेछाप अस्पतालमा आएदेखि नै आफू दिन रात खटिएर अस्पताल कसरी राम्रो बनाउने भनेर लागेको र आफू प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग भएको उनले लेखेका छन् ।
डा. श्रेष्ठले आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप–०८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने