सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै
सारांश
- डा. केशव श्रेष्ठ, जसले फेसबुकमा सन्देश लेखेपछि सम्पर्कविहीन भएका थिए, उनको खोजीमा प्रहरी जुटेको छ।
- डा. श्रेष्ठ रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट थिए र उनले परिवार र आफन्तसँग माफी माग्दै सन्देश लेखेका थिए।
- प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसन गोपीकृष्ण हल नजिकै फेला पारेको छ र चाबहिल क्षेत्रमा खोजी गरिरहेको छ।
काठमाडौँ । फेसबुकमा सन्देश छाडेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठको खोजीमा काठमाडौँका विभिन्न प्रहरी युनिटहरू जुटेको छ । रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. श्रेष्ठले सोमबार फेसबुकमा सन्देश लेख्दै सम्पर्कविहीन बनेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कार्यालयको टोलीसहित साइबर ब्युरो, काठमाडौँ परिसरलगायतको टोली उनको खोजीमा जुटेको छ । डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केको बस्नेतले जानकारी दिए ।
डा. श्रेष्ठको मोबाइल स्वीच रहे पनि उनको पछिल्लो लोकेसन गोपीकृष्ण हलनजिकै देखिएको थियो । ‘हामीले चाबहिल क्षेत्रमा उनको खोजी गरिरहेका छौँ,’ बस्नेतले भने ।
गैँडाकोट घर भएका श्रेष्ठ काठमाडौँको कपनमा बस्दै आएका थिए । श्रेष्ठले फेसबुकमा परिवार लगायत आफन्तहरूसँग माफी मागेका छन् ।
रामेछाप अस्पतालमा आएदेखि नै आफू दिन रात खटिएर अस्पताल कसरी राम्रो बनाउने भनेर लागेको र आफू प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग भएको उनले लेखेका छन् ।
डा. श्रेष्ठले आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप–०८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण