अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
काठमाडौँ । भारत आइरहेको जर्मन ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी लुफ्थान्साको अवतरणको अनुमति नपाएपछि जर्मनी नै फर्किएको छ ।
फ्र्याङ्कफर्टबाट हैदरावाद आइरहेको लुफ्थान्साको फ्लाइट एलएच७५२ सोमबार बिहान हैदरावादको राजिव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु पर्थ्यो ।
तर, बमको धम्की प्राप्त भएपछि विमानस्थलका अधिकारीहरूले विमानलाई अवतरणको अनुमति नदिएको र उडान फ्र्याङ्कफर्ट नै फर्किएको भन्दै समाचारहरू छापिएका छन् ।
अवतरणको अनुमति नपाएपछि आधा बाटोबाटै विमान फर्किएको लुफ्थान्साको भनाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ । विमान फर्किदा भारतीय हजाई क्षेत्रमा नछिरको बुझिएको छ । उडानलाई भारतीय भूमिमा अवतरण गर्न किन अनुमति दिइएन भन्ने कुरा थाहा भएको छैन ।
केही स्रोतहरूका अनुसार यो प्राविधिक वा प्रशासनिक कारणले हुन सक्ने मानिएको छ । लुफ्थान्सा एयरलाइन्स वा भारतीय नागरिक उड्डयन प्राधिकरणबाट कुनै आधिकारिक बयान आएको छैन ।
बमको धम्की कस्तो खालको थियो भन्ने पनि स्पष्ट भएको छैन । तीन दिन अघि फुकेतबाट नयाँ दिल्ली आइरहेको एयर इन्डियाको एआई ३७९ उडानलाई बमको धम्कीकै कारण उडेको केही बेरमै आकस्मिक अवतरण गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण