रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
मङ्गलबार, ०३ असार २०८२, ११ : ०५

समाचार सारांश
- राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र तीनकुने घटनाको मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर बयान दिए।
- मिश्रविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ, जसमा उनलाई सजायको मागदाबी गरिएको छ।
- यसअघि सर्वोच्चको आदेशमा रिहा भएका मिश्र सम्पर्कविहीन थिए, तर अहिले अदालतमा उपस्थित भएका छन्।
काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएसँगै बयान सुरु भएको छ ।
तीनकुने घटनाका प्रतिवादी मिश्रको बयान मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो । मिश्र मंगलबार बिहान अदालतमा उपस्थित भएसँगै इजलास तोकेर बयान सुरु भएको हो ।
चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी मिश्र विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । मिश्रलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
यसअघि प्रहरीले उनलाई सर्वोच्चको आदेशअनुसार रिहा गरेको थियो । तर, रिहा भएपछि उनी सम्पर्क बाहिर थिए । यसअघि तीनकुने घटनामा ७ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयरले उपमेयरलाई कार्यालय प्रवेश गर्न नदिएपछि...
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
-
सन्दीपको सहभागितामा यूकेमा ब्रिज कप हुँदै
-
रास्वपा सांसदहरू स्कार्फ लगाएर संसद्मा, कांग्रेसको नियमापत्ति
-
सहसचिव भट्टराईको डायरीमा भेटियो सेटिङमा पठाइएकाहरूको हिसाब
-
कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन