रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
मङ्गलबार, ०३ असार २०८२, ११ : ०५
सारांश
- राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र तीनकुने घटनाको मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर बयान दिए।
- मिश्रविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ, जसमा उनलाई सजायको मागदाबी गरिएको छ।
- यसअघि सर्वोच्चको आदेशमा रिहा भएका मिश्र सम्पर्कविहीन थिए, तर अहिले अदालतमा उपस्थित भएका छन्।
काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएसँगै बयान सुरु भएको छ ।
तीनकुने घटनाका प्रतिवादी मिश्रको बयान मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो । मिश्र मंगलबार बिहान अदालतमा उपस्थित भएसँगै इजलास तोकेर बयान सुरु भएको हो ।
चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी मिश्र विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । मिश्रलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
यसअघि प्रहरीले उनलाई सर्वोच्चको आदेशअनुसार रिहा गरेको थियो । तर, रिहा भएपछि उनी सम्पर्क बाहिर थिए । यसअघि तीनकुने घटनामा ७ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण