राजनीति
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
मङ्गलबार, ०३ असार २०८२, १५ : ५६
सारांश
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक असार ४ गते बिहान सानेपामा बस्नेछ।
- बैठकमा रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको भिजिट भिसा प्रकरणबारे छलफल हुनेछ।
- बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ, जसमा पार्टीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकले पूर्वमन्त्री एवं कांग्रेसका नेता ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्तावको निर्णय गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण