बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

सुक्खाबन्दरगाहबाट रु ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन

मङ्गलबार, ०३ असार २०८२, १६ : ५७
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ।
  • कार्यालयका अनुसार राजस्व सङ्कलन उत्साहजनक रहेको छ, जसमा साउनदेखि जेठसम्मको विवरण समावेश छ।
  • कार्यालयले चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । 
।  

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए । 

उनका अनुसार साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन भएको थियो । मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड, फागुनमा रु चार अर्ब ६८ करोड र चैतमा रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको बताए । 

वैशाखमा भने रु चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप