थाइल्याण्डमा आयोजित लगानी संवादमा कृषिमन्त्री सहभागी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रीय ‘ह्यान्ड–इन–ह्यान्ड’ (एचआइएच) पहल अन्तर्गतको उच्चस्तरीय लगानी संवादमा सहभागी भएको छ ।
मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुन मङ्गलबार नै बैंकक पुगेको थियो । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मन्त्री अधिकारीसँगै विभिन्न मन्त्रालयका उच्च अधिकारीका साथै नेपालका लागि एफएओका प्रतिनिधि केन शिमिजु पनि सहभागी छन् ।
प्रतिनिधिमण्डलले थाइल्याण्डमा रहँदा विभिन्न उच्चस्तरीय बैठक र लगानीकर्ताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको कृषि मन्त्रालयले जनाएको छ । भेटवार्ताहरूले दिगो कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि प्रभावकारी साझेदारी स्थापना गर्न सहयोग पुर्याउने अपेक्षा कृषि मन्त्रालयले गरेको छ ।
एफएओ नेतृत्वमा सञ्चालित ह्यान्ड–इन–ह्यान्ड पहलमार्फत नेपालले समावेशी ग्रामीण विकास, जलवायु प्रतिरोधी कृषि प्रणाली, तथा खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा लगानी भित्र्याउने लक्ष्य लिएको कृषि मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण