बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

लागुऔषधसहित पर्साबाट चार जना पक्राउ

बुधबार, ०४ असार २०८२, २० : ०७
बुधबार, ०४ असार २०८२

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध ब्युरो र पर्सा प्रहरीको संयुक्त टोलीले अफिम जस्तो देखिने अवैध लागुऔषधसहित बुधबार चार जनालाई पक्राउ गरेको हो । 

वीरगन्जको रजतजयन्ती चोकबाट पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विनोद गिरी, प्रदीप चौधरी,जीतेन्द्रकुमार श्रीवास्तव र रमेश राउतलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । 

उनका अनुसार पक्राउ परेकाहरू दुई वटा मोटरसाइकलमा रजतजयन्तीतर्फबाट आइरहेका थिए । सोही क्रममा जाँच गर्दा मोटरसाइकलको बिचमा राखिएको कालो झोलाबाट बेरिएको अवस्थामा अफिम जस्तो देखिने एक किलो लागु औषध बरामद भएको प्रहरी प्रवक्ता लम्सालले बताए । 

पक्राउ परेकाहरूमाथि लागुऔषध कसुरमा अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप