लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागुऔषध ब्युरो र पर्सा प्रहरीको संयुक्त टोलीले अफिम जस्तो देखिने अवैध लागुऔषधसहित बुधबार चार जनालाई पक्राउ गरेको हो ।
वीरगन्जको रजतजयन्ती चोकबाट पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विनोद गिरी, प्रदीप चौधरी,जीतेन्द्रकुमार श्रीवास्तव र रमेश राउतलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार पक्राउ परेकाहरू दुई वटा मोटरसाइकलमा रजतजयन्तीतर्फबाट आइरहेका थिए । सोही क्रममा जाँच गर्दा मोटरसाइकलको बिचमा राखिएको कालो झोलाबाट बेरिएको अवस्थामा अफिम जस्तो देखिने एक किलो लागु औषध बरामद भएको प्रहरी प्रवक्ता लम्सालले बताए ।
पक्राउ परेकाहरूमाथि लागुऔषध कसुरमा अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण