वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित
बुधबार, ०४ असार २०८२, २१ : ३४
सारांश
- वरिष्ठ साहित्यकार वसन्त चौधरीको पहिलो उपन्यास 'देवयानी' विमोचन गरियो।
- उपन्यासले दुई नारीको दृष्टिकोण र पुरुष चेतनाको द्विविधालाई चित्रण गर्दछ।
- 'देवयानी' ले सम्बन्ध र मानवीय भावनाको जटिलतालाई उजागर गर्दछ।
काठमाडौँ । वरिष्ठ साहित्यकार तथा गीतकार वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’को विमोचन भएको छ । बुधवार काठमाडौँमा आयोजित एक समारोहमा उक्त कृतिको लोकार्पण भएको हो ।
उपन्यासले दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य र त्यसबाट उत्पन्न द्विविधामा अलमलिएको पुरुष चेतनालाई सविस्तार वर्णन गर्ने प्रयास गरिएको छ। ‘देवयानी’ले फरक अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बिचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकतालाई प्रबल रूपमा प्रस्तुत गरेको छ। यसले सम्बन्धहरूमा आउने जटिलता र मानवीय मनोभावको गहिराइलाई केलाउने प्रयास गरेको देखिन्छ।
यसअघि चौधरीका निबन्ध, गीत, कविता गरी करिब दुई दर्जन कृति प्रकाशित छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण