सुनचाँदीको मूल्य सामान्य घट्यो
बिहीबार, ०५ असार २०८२, १० : ४५

समाचार सारांश
- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
- छापावाल सुन प्रति तोला ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको छ।
- सुनचाँदी व्यवसायी महासंघका अनुसार आन्दोलनका कारण बन्द रहेका पसलहरू खुलेका छन्।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो ।
यस आधारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ । महासंघका अनुसार केही दिन आन्दोलनका कारण बन्द भएका राजधानीका सुनचाँदी पसल बिहीबारदेखि निर्बाध सञ्चालनमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार