सुनचाँदीको मूल्य सामान्य घट्यो
बिहीबार, ०५ असार २०८२, १० : ४५
सारांश
- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
- छापावाल सुन प्रति तोला ४०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको छ।
- सुनचाँदी व्यवसायी महासंघका अनुसार आन्दोलनका कारण बन्द रहेका पसलहरू खुलेका छन्।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो ।
यस आधारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ । महासंघका अनुसार केही दिन आन्दोलनका कारण बन्द भएका राजधानीका सुनचाँदी पसल बिहीबारदेखि निर्बाध सञ्चालनमा आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण