बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
अपडेट

माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल

बिहीबार, ०५ असार २०८२, ०८ : ४५
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • सुनचाँदी व्यवसायीले माग पूरा नभए पनि हालका लागि आन्दोलन स्थगित गरेका छन्।
  • महासंघले काठमाडौं र बागमती प्रदेशमा बन्द गरिएका पसलहरू बिहीबारदेखि खुला गरेको छ।
  • व्यवसायीले असार मसान्तसम्म माग पूरा गर्न अल्टिमेटम दिँदै सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

काठमाडौँ । माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । 

यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ । 

तर, सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न असार मसान्तसम्मको समय सीमाको ‘अल्टिमेटम’ दिएका छन् ।  सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ । 

व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समिति मार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप