माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
सारांश
- सुनचाँदी व्यवसायीले माग पूरा नभए पनि हालका लागि आन्दोलन स्थगित गरेका छन्।
- महासंघले काठमाडौं र बागमती प्रदेशमा बन्द गरिएका पसलहरू बिहीबारदेखि खुला गरेको छ।
- व्यवसायीले असार मसान्तसम्म माग पूरा गर्न अल्टिमेटम दिँदै सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल बन्द बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।
तर, सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न असार मसान्तसम्मको समय सीमाको ‘अल्टिमेटम’ दिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।
व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समिति मार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण