शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू

बिहीबार, ०५ असार २०८२, १४ : २१
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले रास्वपा र एकीकृत समाजवादीलाई नैतिकताको विषयमा प्रश्न उठाए।
  • बस्नेतले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा र रास्वपाका सभापति जेलमा रहेको विषयलाई लिएर टिप्पणी गरे।
  • उनले नैतिकताको पाठ सिकाउनेहरूले पहिले आफ्नो चरित्र सुधार्नुपर्ने र त्यसपछि मात्र अरूलाई सिकाउनुपर्ने बताए।

काठमाडौँ ।  नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरेका छन् । 

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गरे । 

उनले रास्वपा र एकीकृत समाजवादीले कांग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गरे । बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताए । उनले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गरे । 

उनले भने, “नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु । नैतिकता तपाईंहरूमा लाग्छ कि लाग्दैन ? तपाईंको नेतालाई अख्तियारले एउटा मुद्दा लगाएको छ, एउटा पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति र अख्तियारले मुद्दा लगाउने पार्टीका अध्यक्ष संसदीय दलको नेता नै बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? हामी नेपाली काँग्रेसलाई नैतिकता सिकाउने ? यस्तो कस्तो नैतिकताको कुरा हो ? नैतिकता पहिले आफूले सिक्नुपर्ने अनि अरूलाई सिकाउनुप¥यो । नैतिक चरित्र बिना त देश चल्दैन होला, त्यसले नैतिक चरित्र पहिले आफ्नो राम्रो हुनुप¥यो, सुन्दर हुनुप¥यो । त्यसपछि मात्र अरूलाई भन्न पाइन्छ ।” 
नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप