इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
सारांश
- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानलाई दक्षिणी इजरायलको अस्पतालमा क्षेप्यास्त्र आक्रमणको 'ठूलो मूल्य' चुकाउन चेतावनी दिएका छन्।
- बिहीबार बिहान इरानले बेर्शेबास्थित सोरोका अस्पतालमा दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा आगलागी भयो, जसमा ४० जना घाइते भए।
- अस्पतालका निर्देशकका अनुसार, खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको थियो र अस्पतालका भवन, झ्याल र छतमा व्यापक क्षति पुगेको छ।
जेरुसेलम । बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।
‘आज बिहान इरानका ‘आतङ्ककारी तानाशाह’ हरूले सोरोका अस्पताल र नागरिकहरूमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् । हामी तेहरानमा तानाशाहहरूलाई ठूलो मूल्य चुकाउन बाध्य पार्नेछौँ,’ नेतन्याहूले बिहीबार एक्समा गरेको एक पोस्टमा उल्लेख छ ।
इरानको दक्षिणी शहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो। अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए ।
उनले भने, ‘धेरै वार्डहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण