दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
शुक्रबार, ०६ असार २०८२, ०३ : १०
सारांश
- नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको भुक्तानी सेवा प्रदान गर्ने अनुमति खारेज गरेको छ।
- यी कम्पनीहरूले भुक्तानी तथा फर्स्यौट ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनका प्रावधानहरूको उल्लङ्घन गरेका थिए।
- राष्ट्र बैंक सञ्चालक समितिको निर्णयअनुसार यी भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज गरिएको हो।
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमति पत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायका रूपमा काम गर्ने गरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।
पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ गते र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ गते अनुमति दिइएको थियो । भुक्तानी तथा फर्स्यौट ऐन, भुक्तानी तथा फर्स्यौट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनका विभिन्न प्रावधानको उल्लङ्घन गरेको पाइएकाले ती भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज गरिएको हो ।
नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बिहीबारको निर्णयअनुसार ती भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज गरी आम रूपमा जानकारी दिइएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण