रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
_lM8P8LpukN.jpg)
समाचार सारांश
- रास्वपाको विरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाइयो।
- सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रम हटाएको घोषणा गरे।
- यसअघि, रास्वपाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको विरोध गर्दै आएको थियो।
काठमाडौँ । रास्वपाको विरोधका बिच प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ । आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।
त्यसपछि रास्वपाको विरोधकैबिच सभामुखले सभा अघि बढाउने प्रयास गरेका छन् । उनले खर्च कटौतीको प्रस्तावमाथि छलफलका लागि सांसद अमरेश सिंहलाई बोल्न समय दिएका छन् । सभामुखले सिंहलाई समय दिए लगत्तै रास्वपाका सांसदहरू बेल घेर्न पुगेका छन् ।
तर सभामुख घिमिरेले सिंहलाई समय दिएपछि सांसद रामहरि घिमिरेले विनियोजन विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको मन्त्री उपस्थित भएपछि मात्र छलफल अघि बढाउन माग गरे ।
त्यसपछि माओवादीका सांसद हितराज पाण्डेलाई सभामुखले बोल्न समय दिए । उनले सरकारले सांसदलाई बारम्बार हेपेको बताए ।
उनले बारम्बार संसदको कार्यसूची हटाउने गरेको तथा मन्त्रीहरू अनुपस्थित हुने गरेको भन्दै आपत्ति जनाए । उनले सरकारले नियम पालना गर्नुपर्दैन ? भनेर प्रश्न गरे ।
सांसदहरुको आपत्तिपछि युवा तथा खेलकुद र महिला बालबालिका मन्त्रालयको कार्यसूची पनि हटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने