रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
सारांश
- रास्वपाको विरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाइयो।
- सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै प्रश्नोत्तर कार्यक्रम हटाएको घोषणा गरे।
- यसअघि, रास्वपाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको विरोध गर्दै आएको थियो।
काठमाडौँ । रास्वपाको विरोधका बिच प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ । आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।
त्यसपछि रास्वपाको विरोधकैबिच सभामुखले सभा अघि बढाउने प्रयास गरेका छन् । उनले खर्च कटौतीको प्रस्तावमाथि छलफलका लागि सांसद अमरेश सिंहलाई बोल्न समय दिएका छन् । सभामुखले सिंहलाई समय दिए लगत्तै रास्वपाका सांसदहरू बेल घेर्न पुगेका छन् ।
तर सभामुख घिमिरेले सिंहलाई समय दिएपछि सांसद रामहरि घिमिरेले विनियोजन विधेयकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएको मन्त्री उपस्थित भएपछि मात्र छलफल अघि बढाउन माग गरे ।
त्यसपछि माओवादीका सांसद हितराज पाण्डेलाई सभामुखले बोल्न समय दिए । उनले सरकारले सांसदलाई बारम्बार हेपेको बताए ।
उनले बारम्बार संसदको कार्यसूची हटाउने गरेको तथा मन्त्रीहरू अनुपस्थित हुने गरेको भन्दै आपत्ति जनाए । उनले सरकारले नियम पालना गर्नुपर्दैन ? भनेर प्रश्न गरे ।
सांसदहरुको आपत्तिपछि युवा तथा खेलकुद र महिला बालबालिका मन्त्रालयको कार्यसूची पनि हटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण