कोशी प्रदेशले बढायो मोटरसाइकलको वार्षिक कर
शुक्रबार, ०६ असार २०८२, १४ : १९
काठमाडौँ । कोशी प्रदेशले मोटरसाइकलको वार्षिक कर बढाएको छ । कोशी प्रदेशले सवारी साधन करको रूपमा लिँदै आएको कर बढाएको हो । यस अनुसार अब १२५ सीसीसम्मको कर यसअघि वार्षिक ३ हजार रुपैयाँ रहेकोमा एक सय रुपैयाँ बढाएर ३ हजार १ सय रुपैयाँ पुर्याइएको छ ।
त्यस्तै, १२५ देखि १५० सीसीसम्मको कर ५ हजार। रुपैयाँ रहेकोमा यसलाई बढाएर ५ हजार १ सय पुर्याइएको छ ।
१५० देखि २५० सीसीको मोटरसाइकलमा यसअघिको कर ६ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर ६ हजार २ सय रुपैयाँ पुर्याइएको छ ।
योभन्दा बढी क्षमताको लागि भने कर बढाइएको छैन । अहिले २५० भन्दा धेरै ४०० सीसीसम्मको मोटरसाइकलको लागि ११ हजार र सोभन्दा धेरै क्षमताको लागि वार्षिक २० हजार रुपैयाँ कर निर्धारण गरिएको छ ।
यो वर्ष ग्यास बुलेटको कर बढाएर २२ हजारबाट २५ हजार बनाउनुबाहेक अरू कुनै परिवर्तन गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण