शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने

शुक्रबार, ०६ असार २०८२, १६ : ०६
शुक्रबार, ०६ असार २०८२

सारांश

  • इजरायल र इरानबिचको युद्धका कारण नेपालीहरूको सुरक्षा र उद्धारका लागि परराष्ट्र मन्त्रालयमा युनिट बनाइने भएको छ।
  • श्रम, गृह, र पर्यटन मन्त्रालयका सचिवहरूको बैठकले आवश्यक समन्वय र सहयोगबारे छलफल गर्‍यो।
  • स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयको पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ।

काठमाडौँ । इजरायल र इरानबिचको युद्धका कारण नेपालीहरूको सुरक्षा र उद्धारका लागि एक युनिट बनाइने भएको छ । परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठकले एक युनिट खडा गर्ने निर्णय गरेको हो । 

परराष्ट्र मन्त्रालयमा युनिट खडा गर्ने र चौबिसै घण्टा काम गर्ने निर्णय गरिएको हो । बैठकमा श्रममन्त्री शरदसिंह भण्डारी सहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवहरूले आवश्यक समन्वय र सहयोगबारे छलफल गरेका थिए । 

स्वदेश फर्कन चाहने नेपालीहरूलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल समेत गरेको छ । त्यहाँको अवस्थालाई युद्ध सुरु भएदेखि नै गम्भीर रूपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरूलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप