सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
शनिबार, ०७ असार २०८२, ०५ : ४५
सारांश
- खोटाङ जिल्ला प्रशासनले चीनको तिब्बतमा भारी वर्षाको सम्भावनाबारे सतर्कता अपनाउन सुनकोशी नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ।
- चिनियाँ प्रहरीको सूचनाअनुसार, असार ७ गतेसम्म तिब्बतमा भारी वर्षा हुने सम्भावना छ, जसले सुनकोशी नदी किनारमा बाढीको जोखिम बढाउन सक्छ।
- प्रशासनले सुनकोशी आसपासका क्षेत्रका बासिन्दालाई बाढीबाट सुरक्षित रहन विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ । चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै खोटाङ जिल्ला प्रशासन कार्यालयले सुनकोशी नदी आसपासका क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय, खोटाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असार ७ गते शनिबार सम्म चीनको मित्र राष्ट्र तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ। उक्त सूचना चीनको प्रहरी कार्यालयमार्फत प्राप्त भएको र त्यसले नेपालका सीमावर्ती क्षेत्र— विशेषगरी सुनकोशी नदी किनारका बस्तीहरूमा बाढीको जोखिम हुन सक्ने देखिएको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “सुनकोशी आसपास (किनारा) मा आउने सम्भावित बाढीलाई मध्यनजर गर्दै सो क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिन्छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण