अनेरास्ववियुले भन्यो–सांसद सिंहको अभिव्यक्ति अमर्यादित र राष्ट्रघाती
काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहको अभिव्यक्तिलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) ले भर्त्सना गरेको छ ।
आइतबारको संसद् बैठकमा सांसद सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिनुपर्ने अभिव्यक्ति दिएका थिए । सोको विरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष डा.सुजन कडरियाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'यस्तो किसिमको गैरजिम्मेवार र राष्ट्रको अस्तित्वमाथि प्रहार गर्ने अभिव्यक्तिलाई अनेरास्ववियु कडा शब्दमा भर्त्सना गर्दछ । अनेरास्ववियु सांसद सिंहसँग तत्काल उक्त अभिव्यक्ति फिर्ता लिई नेपाली जनतासामु सार्वजनिक माफी माग्न माग गर्दछ । अन्यथा, हामी देशद्रोही प्रवृत्तिको प्रतिकारका लागि जुनसुकै कदम चाल्न पछि नपर्ने स्पष्ट चेतावनी दिन चाहन्छौँ ।'
अनेरास्ववियुले अमर्यादित र राष्ट्रघाती अभिव्यक्तिको कारक बनेको व्यक्तिलाई संसद्बाट तत्काल निलम्बन गर्न माग समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण