उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन
आइतबार, ०८ असार २०८२, १९ : २८
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।
रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आइतबार निधन भएको हो ।
यस्तै ताप्ली गाउँपालिका नम्बर ३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताए । उनी लामो समयदेखि बिरामी थिए ।
वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आज दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण