९० प्रतिशतलाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्ति अभाव
सारांश
- खानेपानी मन्त्री प्रदीप यादवले ९० प्रतिशत जनतालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको बताए।
- मन्त्री यादवले ९८ प्रतिशत जनतालाई आधारभूत खानेपानी पुर्याएको र २८ प्रतिशतलाई सुरक्षित खानेपानी पुगेको जानकारी दिए।
- बजेट अभावका कारण ढल प्रशोधन सङ्घ सरकारले मात्रै प्रचलनमा ल्याएको र प्रदेश तथा स्थानीय तहले ल्याउन नसकेको कुरा मन्त्रीले उल्लेख गरे।
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव ९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको बताएका छन् । आर्थिक वर्षको बजेटमा सांसदले उठाएका प्रश्नहरूको जवाफ प्रतिनिधिसभा बैठकमा दिँदै मन्त्री यादवले सरकारको लक्ष्य पूरा गर्न बजेट र जनशक्तिको अभाव रहेको बताएका हुन् ।
‘९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न कठिन छ,’ मन्त्री यादवले भने । उनले अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी पुर्याएको र २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको बताए ।
पछिल्लो समय सरकारको प्रयासले पानीजन्य रोगबाट हुने बाल मृत्युदर घटेको, मानिसको सरदर आयु बढेको र पर्यावरणीय सुधार भएको बताए । त्यस्तै सबैलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री यादवले बताए । जनतालाई लाभ दिने खालका ठुला योजना समयमै टुङ्ग्याउन प्रतिबद्धता जनाए ।
बजेट अभावका कारण ढल प्रशोधन सङ्घ सरकारले मात्रै प्रचलनमा ल्याएको तथा प्रदेश र स्थानीय तहले ल्याउन नसकेको बताए । परिवर्तित जीवनशैली र तीव्र सहरीकरणले फोहोरको व्यवस्थापन गर्न ढल निर्माण आवश्यक छ, त्यसका लागि कार्य योजना बनिरहेको उनले बताए । मन्त्रालयलाई अहिले बजेटमा ३३ अर्ब ८९ करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण