इरानका छ वटा विमानस्थलमा आक्रमण, १५ वटा विमान ध्वस्त : इजरायल
सोमबार, ०९ असार २०८२, १५ : ४०
सारांश
- इजरायलले इरानको राजधानी तेहरानमा सैन्य ठेगानाहरूमा आक्रमण गरेको छ।
- इरानी मिडियाले विस्फोट र धुवाँको मुस्लो देखिएको भिडियो सार्वजनिक गरेको छ।
- इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा आक्रमण गरेको र १५ वटा विमान ध्वस्त पारेको दाबी गरेको छ।
तेहरान । इजरायलले इरानको राजधानी तेहरानमा नयाँ आक्रमण गरेको जानकारी दिएको छ । इजरायली सेनाले आफ्नो वायुसेनाले तेहरानमा रहेका सैन्य ठेगानाहरूलाई लक्षित गर्दै ‘एकसाथ धेरै आक्रमण’ गरेको बताएको हो।
इरानी मिडियाले इरानी राजधानीमा विस्फोटको आवाज सुनिएको र सहरमाथि धुवाँको ठुलो मुस्लो उठिरहेको भिडियो सार्वजनिक गरेको बेला यो विज्ञप्ति आएको हो।
यसअघि इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको बताएको थियो। सेनाका अनुसार यी आक्रमणहरूमा १५ वटा विमान ध्वस्त भएका छन् र धावनमार्गमा क्षति पुगेको छ।
इजरायली रक्षा बल (आईडीएफ)ले आक्रमणहरू पश्चिमी, पूर्वी र मध्य इरानका विमानस्थलहरूमा गरिएको थियो। आईडीएफका अनुसार, यी हवाई हमलाहरूमा एफ-१५ र एफ-५ लडाकु विमानहरू, इन्धन भर्ने विमानहरू र एएच-१ कोब्रा हेलिकप्टरहरू नष्ट भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण