एमालेसँग सही नेतृत्व भएकाले विभाजनपछि पनि पहिलेकै अवस्थामा फर्किएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका छन् ।
सोमबार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरू लागे पनि सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका हुन् ।
उनले अझै पनि एमालेलाई घेराबन्दीमा पार्ने र भ्रमपूर्ण प्रचार हुने गरेकाले त्यसका विरुद्ध लाग्न युवा सङ्गठनलाई निर्देशन समेत दिए । प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए । सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठन उभिन पनि उनले युवा सङ्घलाई आग्रह गरे ।
युवा सङ्घ जनताको स्वाभिमानको मजबुत किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै ओलीले युवा सङ्घ सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नेतृत्वकर्ता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण