सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ओखलढुङ्गाको मानेभञ्ज्याङ क्षेत्रमा वर्षा, सतर्कता अपनाउन आग्रह

सोमबार, ०९ असार २०८२, २१ : ११
सोमबार, ०९ असार २०८२

काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा साेमबार साँझ हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा हल्कादेखि मध्यम वर्षा मापन गरिएको हाे । वर्षासँगै साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएकाे छ ।

विभागले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप