इरानको मशहदबाट २९० भारतीय र १ श्रीलङ्काली नागरिक सुरक्षित उद्धार, छैनन् नेपाली
सारांश
- इरानको मशहदबाट २९० भारतीय र एक श्रीलङ्काली नागरिकलाई भारतले उद्धार गरेको छ।
- नेपालले इरान र इजरायलबाट नेपालीको उद्धारका लागि भारतलाई आग्रह गरेको थियो, तर यस उद्धारमा नेपाली नागरिक छैनन्।
- भारत सरकारले इरानमा बढ्दो तनावका कारण आफ्ना नागरिकको सुरक्षित उद्धारलाई प्राथमिकता दिइरहेको छ।
काठमाडौँ । इरानको मशहदबाट २९० जना भारतीय र एक जना श्रीलङ्काली नागरिकलाई भारतले उद्धार गरेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई सोमबार साँझ नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गराइएको छ । तर सो टोलीमा नेपाली छैनन् ।
इरान तथा इजरायलबाट नेपालीलाई पनि उद्धार गरिदिन नेपालले भारतीय सरकारलाई आग्रह गरिएको थियो । उद्धार गर्न भारत तयार थियो । उसले नम्बरसहित नोटिस पनि जारी गरेको थियो । तर यो समूहमा नेपाली छैनन् ।
इरानमा पछिल्लो समय बढ्दो तनाव र सुरक्षाको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै भारत सरकारले आफ्ना नागरिकहरूको सुरक्षित उद्धारलाई प्राथमिकता दिँदै आएको छ। यस उद्धारसँगै अहिलेसम्म इरानबाट कुल दुई हजार तीन जना भारतीय नागरिकहरू सुरक्षित रूपमा भारत फर्किइसकेका छन्।
भारतीय विदेश मन्त्रालयले उक्त उद्धार प्रयासमा सहयोग पुर्याउने सबै निकायलाई धन्यवाद दिएको छ र विदेशमा रहेका अन्य नागरिकहरूको अवस्थामाथि पनि निगरानी गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण