मस्कट डाइभर्ट भएको प्लेन अवस्था सामान्य भएसँगै दोहामा ल्यान्ड
मङ्गलबार, १० असार २०८२, ०७ : ३१
सारांश
- त्रिभुवन विमानस्थलबाट दोहाका लागि उडेको कतार एयरवेजको जहाज मस्कट डाइभर्ट भई पुनः दोहामा अवतरण भयो।
- कतारको हवाई क्षेत्र बन्द भएपछि डाइभर्ट भएको जहाज, हवाई यातायात सामान्य भएपछि दोहामा अवतरण गरेको हो।
- कतार नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य भएको घोषणा गरेपछि उडानहरू नियमित भएका छन्।
काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडे पनि हवाई क्षेत्र बन्द भएकोले मस्कट डाइभर्ट भएको जहाज पुनः दोहामा अवतरण भएको छ ।
कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेसँगै काठमाडौँबाट उडेको कतार एयरवेज विमान दोहामै अवतरण गरिएको हो ।
यो विमान नेपाली समय अनुसार गए राति २ः२९ बजे दोहा ल्याण्ड भएको हो ।
हवाई यातायात पुनः सुरु भएसँगै विभिन्न गन्तव्यका लागि कतारमा रोकिएका उडानहरू नियमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण