उत्तरी इरानमा हवाई आक्रमणमा परेर ९ जनाको मृत्यु, ३३ जना घाइते
मङ्गलबार, १० असार २०८२, १३ : ५३
सारांश
- उत्तरी इरानमा भएको हवाई आक्रमणमा चार घर ध्वस्त, नौ जनाको मृत्यु भएको छ।
- आक्रमणमा ३३ जना घाइते, जसमा १४ जना महिला र बालबालिका रहेको बताइएको छ।
- इजरायलले गरेको आक्रमणमा एक वरिष्ठ परमाणु वैज्ञानिकको पनि मृत्यु भएको छ।
तेहरान । उत्तरी इरानमा हवाई आक्रमणमा परेर चार वटा घर नष्ट भएको छ । यी आक्रमणका क्रममा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
गिलानका गभर्नरको कार्यालयका अनुसार अरू ३३ जना घाइते भएका छन् । यी आक्रमण इजरायलले गरेको बताइएको छ ।
मर्ने र घाइते हुनेमध्ये १४ जना महिला र बालबालिका रहेको बताइएको छ । मर्नेमा मोहम्मद रेजा सिद्धकी नाम गरेका परमाणु वैज्ञानिक पनि रहेको भन्दै केही सञ्चार माध्यमले समाचारमा उल्लेख गरेका छन् ।
गए राति भएको आक्रमणमा वरिष्ठ परमाणु वैज्ञानिक मारिएको इजरायली सेनाले पनि भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण