देवदह नगरपालिकाद्वारा १ अर्ब ६३ करोडको बजेट सार्वजनिक
बुटवल । रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाको १६ औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले उक्त रकम बराबरको बजेट सभामा प्रस्तुत गरेकी हुन् ।
बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको छ ।उक्त बजेटमध्ये आन्तरिक राजस्वबाट २१ करोड ८६ लाख ४६ हजार रकम उठाउने लक्ष्य राखिएको छ ।
नगर सभामा प्रस्तुत बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख गुरुङले संविधान, नीति तथा योजना, स्थानीय आवश्यकता, जनअपेक्षा, समावेशी अभ्यास र दिगो विकासका लक्ष्यलाई मार्गदर्शकका रूपमा लिँदै बजेट निर्माण गरिएको बताइन् ।
उनले बजेट सन्तुलित, समन्वयात्मक र आगामी पुस्तालाई उत्तरदायी हुने ढङ्गले तयार गरिएको बताइन् । समावेशी सशक्तीकरण, भूमिहीन र सुकुम्वासीको व्यवस्थापन, गुणस्तरीय शिक्षा–स्वास्थ्य, वातावरण संरक्षण, संस्थागत पारदर्शिता, तथा पूर्वाधार विकासमार्फत नगरको दिगो विकास सुनिश्चित गर्ने लक्ष्य लिइएको उपप्रमुख गुरुङको भनाइ छ ।
सङ्घीय सरकारबाट अनुदान, पुँजीगत सशर्त अनुदान र सामाजिक सुरक्षालगायत शीर्षकमा रु ८५ करोडभन्दा बढी प्राप्त हुने अनुमान छ ।यसबाहेक लुम्बिनी प्रदेश सरकार, सडक बोर्ड र सहरी उत्थान कार्यक्रम अन्तर्गत ऋण तथा साझेदारीबाट समेत बजेट व्यवस्थापन गरिएको छ ।
पूर्वाधार निर्माण तथा मर्मतको लागि कुल रु। ६३ करोड ६० लाख विनियोजन गरिएको छ यस्तै शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ। कुल रु २६ करोड ९ लाखको बजेट शिक्षामा छुटाइएको छ ।
४ करोड ५७ लाख बजेट छुटाइएको स्वास्थ्य क्षेत्रमा आधारभूत र आकस्मिक सेवा, औषधोपचार सामग्री खरिद, स्वास्थ्य बिमा अभियान र नागरिकको सहज पहुँचमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण