काभ्रेका १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा बैठक स्थगित
सारांश
- काभ्रेका १२ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम र बजेट असार १० गतेभित्र सार्वजनिक गरे।
- पनौती नगरपालिकाको नगर सभामा गणपुरक संख्या नपुगेपछि बजेट प्रस्तुत गर्ने बैठक स्थगित भयो।
- धुलिखेल, बनेपा, नमोबुद्ध लगायतका नगरपालिका र गाउँपालिकाहरूले यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्।
हेटाैँडा । काभ्रेका १३ मध्ये १२ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।
कानुन अनुसार काभ्रेको एक नगरपालिकाबाहेक १२ स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेका हुन् ।
पनौती नगरपालिकाले असार ९ गते नै बजेट ल्याउने तयारी गरे पनि नगर सभामा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको छ । यहाँ नेकपा एमालेबाट निर्वाचित उपप्रमुखसहित बहुमत सदस्य अनुपस्थित भएपछि सभाको सत्रौं अधिवेशन केही मिनेटमै स्थगित भई बुधवारसम्मका लागि सारिएको छ ।
यसअघि असार ५ गते धुलिखेल नगरपालिकाले १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँ, असार ६ गते बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ रुपैयाँ र असार ९ गते नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १६० रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
असार १० गते मात्रै २ नगरपालिका र ७ गाउँपालिकाले आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार रुपैयाँ र मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेका छन् ।
गाउँपालिकातर्फः
रोशी गाउँपालिका — ७२ करोड ४ लाख ३७ हजार
बेथानचोक गाउँपालिका — ६४ करोड ७३ लाख ५ हजार २४३
भुम्लु गाउँपालिका — ६२ करोड ९१ लाख ३९ हजार
चौरीदेउराली गाउँपालिका — ६९ करोड ५ लाख ५ हजार
तेमाल गाउँपालिका — ५३ करोड १२ लाख ६४ हजार ६४०
खानीखोला गाउँपालिका — ५२ करोड २३ लाख ३२ हजार ३५३
महाभारत गाउँपालिका — ६० करोड १३ लाख १ हजार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण