आज इरानबाट २८२ भारतीय स्वदेश फर्किए
बुधबार, ११ असार २०८२, ०८ : ३०
सारांश
- ईरान र इजरायलबीचको द्वन्द्वका कारण भारतले 'अप्रेशन सिन्धु' सुरु गर्यो, जसअन्तर्गत २,८५८ भारतीय नागरिकलाई स्वदेश फर्काइएको छ।
- भारतीय विदेश मन्त्रालयका अनुसार बुधबार २८२ जनालाई विशेष विमानबाट दिल्ली ल्याइयो र उद्धार अभियान जारी छ।
- भारतले इरानमा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि यो अभियान चलाएको हो, जसमा केही नेपालीको पनि उद्धार भएको छ।
काठमाडौँ । ईरान र इजरायलबीचको संघर्षको कारण भारत सरकारले सुरु गरेको ‘अप्रेशन सिन्धु’ अन्तर्गत हालसम्म २ हजार ८५८ भारतीय नागरिकलाई सुरक्षित रूपमा ईरानबाट स्वदेश फर्काइएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै बुधबार मात्र २८२ जना भारतीयलाई विशेष विमानमार्फत दिल्ली ल्याइएको जनाएका छन्।
भारत सरकारले ईरानमा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि ‘अप्रेशन सिन्धु’ सुरु गरेको हो। यो उद्धार अभियान निरन्तर रूपमा जारी रहेको मन्त्रालयले जनाएको छ।
भारतले केही नेपालीलाई समेत उद्धार गरेको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण