खेलकुद
एन्फाको सहायक महासचिव पदबाट जोशीको राजीनामा
बुधबार, ११ असार २०८२, ११ : २८
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिए।
- जोशीले थ्री स्टार फुटबल क्लबलाई 'बी' डिभिजन लिगमा झारेको कारण राजीनामा दिएका हुन्।
- एन्फाको अपिल कमिटीले थ्री स्टारलाई बिना भिसा विदेशी खेलाडी खेलाएको आरोपमा कारबाही गरेको थियो।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन् । थ्री स्टार फुटबल क्लबका पूर्व अध्यक्ष समेत रहेका जोशीले क्लबलाई ‘बी’ डिभिजन लिगमा झारेको भन्दै राजीनामा दिएका हुन् ।
एन्फाको अपिल कमिटीले थ्री स्टारलाई बिना भिसा विदेशी खेलाडीलाई खेलाएको भन्दै कारबाही स्वरूप बी डिभिजनमा झारेको थियो ।
विसं. २०८० साल जेठ २७ गते जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबिच भएको खेलमा थ्री स्टारका तीन विदेशी खेलाडी बिना भिसा प्रतियोगिता खेलोको भन्दै एपीएफ क्लबले उजुरी दिएको थियो ।
राजीनामा पत्र
_YpE5pGxgEl.jpg)
_3NVhlhOvQO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण