सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

२ जना मृतावस्थामा फेला

बुधबार, ११ असार २०८२, १२ : २०
बुधबार, ११ असार २०८२

काठमाडौं । काठमाडौँ र रूकुम पश्चिममा दुई जना मृतावस्थामा फेला परेका छन् । 
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार  काठमाडौंको दक्षिणकाली नगरपालिका-१ भैंसीबजारस्थित बागमती खोलाको किनारमा थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी रूकुम पश्चिमको सानोभेरी गाउँपालिका-७ रोलखोला बस्ने २४ वर्षीय कमल वली  पनि सोही ठाउँस्थित सिंचाई कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप