सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

गजल : सकियो मेरो त सकियो यो जवानी सकियो

बुधबार, ११ असार २०८२, १५ : ४०
बुधबार, ११ असार २०८२
  • विक्रम तिरुवा सलिन

सकियो मेरो त सकियो यो जवानी सकियो, 
मध्यरात भयो जिन्दगी र बिहानी सकियो ।

आधा कोपिलामै चुस्यौ फूल हुँदा चुड्यौ, 
रसविनाकी भएँ अनि तिम्रो मनोमानी सकियो ।
 
जब आफ्नै आँखाले देह व्यापार भएको देखेँ
यो देशको राजधानी रहेन राजधानी सकियो ।

अस्तित्वमाथि दाग लगायौ दोषीकै भाग लगायौ 
प्रिया ! त्यो दिनबाट तिमीसँग कुराकानी सकियो ।

ए छोरा कहिले बुझ्छस् बाआमाका दुःखहरू 
तेरो जिन्दगी बनाउन तेरा बाको आम्दानी सकियो ।
(जुम्ला)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप