राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई
बुधबार, ११ असार २०८२, १६ : ५७
सारांश
- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर बमबहादुर मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका छन्।
- गभर्नर पौडेल स्वीजरल्यान्ड प्रस्थान गरेका कारण मिश्रलाई कामुको जिम्मेवारी दिइएको हो।
- सिनियर डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिना बङ्गलादेश भ्रमणमा छिन्, र गभर्नर पौडेल असार १९ गते फर्कनेछन्।
काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाएका छन् ।
गभर्नर विश्वनाथ पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गरेकाले उनी स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो ।
सिनियर डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना पनि हाल बङ्गलादेश भ्रमणमा रहेकी छन् । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण