बालिकालाई सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ
बिहीबार, १२ असार २०८२, १५ : ४३
काठमाडौँ । बागलुङको बुर्तिवाङ स्थित खोला किनारमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गत साेमबार ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नम्बर ८ घर भएका ३० वर्षीय यम प्रसाद श्रेष्ठ, २५ वर्षीय गुण बहादुर श्रीस र ३५ वर्षका झमु श्रीस रहेका छन् ।
गत जेठ २८ मा साँझको समयमा आफन्तको घरबाट फर्किँदै गरेकी १४ वर्षीया बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेको बागलुङका प्रहरी उपरीक्षक(एसपी) तिलक भारतीले रातोपाटीलाई बताए ।
पक्राउ परेका उनीहरूलाई बागलुङ अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भारतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नमोबुद्धमा खाद्यको अनुगमन: भान्छामा भेटियो साङ्लादेखि अखाद्य वस्तुसम्म
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण