कर्णाली प्रदेशसभामा आमसञ्चार विधेयक फेरि पेस गरिँदै
सारांश
- कर्णाली प्रदेश सरकारले निष्क्रिय भएको आमसञ्चार तथा सूचना प्रविधि विधेयकलाई फेरि अगाडि बढाउने निर्णय गरेको छ।
- विधेयक प्रदेश सभामा पेश गर्न मन्त्रिपरिषद्ले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति दिएको छ।
- मन्त्रीपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा शेरबहादुर श्रेष्ठ र प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कृष्ण खरेललाई नियुक्त गरेको छ।
सुर्खेत । कर्णालीमा यसअघि निष्क्रिय भएको आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई फेरि अगाडि बढाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक पुनः प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।
प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेश सभामा पेस गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
यो विधेयक ०७७ मा पहिलो पटक सभामा दर्ता भएको थियो । प्रदेशमा मिडिया व्यवस्थित गर्ने, आमसञ्चार गठन गर्ने लगायत विषयमा रहेर ल्याइएको उक्त विधेयक विभिन्न राजनीतिक खेलकाबिच पहिलो कार्यकालमा पारित नै हुन सकेन ।
पहिलो कार्यकालमा तत्कालीन कानुन मन्त्री नरेश भण्डारी र अर्थमन्त्री प्रकाश ज्वालाले आ–आफ्नो मान्छे राख्ने खेलबन्दीका कारण राजनीति सहमति नजुटेपछि असफल भएको बताइन्छ ।
महासङ्घले पुनः दबाब दिएपछि ०७८ मा अगाडी बढाइयो । तर पनि पारित नै हुन सकेन । पहिलो कार्यकाल सकिएपछि उक्त विधेयक निष्क्रय भयो । अहिले पुनः उक्त विधेयकलाई अगाडी बढाइएको हो ।
यस्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदमा कायम मुकायम सचिवको जिम्मेवारी शेरबहादुर श्रेष्ठलाई दिने निर्णय गरेको छ ।
यस्तै प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रूपमा कृष्ण खरेललाई खटाउने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण