‘हामी’ मोबाइल एप सार्वजनिक
काठमाडौँ । नेपाली कामदारका लागि कोरियामा सुरक्षित आप्रवासन र पुनः एकीकरण सुनिश्चित गर्न ‘हामी’ मोबाइल एपको औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) र कोरिया मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले संयुक्त रूपमा एपको विकास गरेर सार्वजनिक गरेको हो ।
‘हामी’ को अर्थ ‘ह्याप्पी माईग्रेसन’ अर्थात् खुसी आप्रवासनलाई बुझाउँछ । तर पनि यसले नेपालीमा ‘हामी’ भन्ने भाव पनि झल्काउने र यसले समुदाय र आपसी सहकार्यको मूल्यलाई प्रतिबिम्बित गर्ने के–हामी परियोजनाले जनाएको छ ।
एप सार्वजनिक तथा आप्रवासन सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, कोरिया, स्विजरल्याण्ड तथा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का प्रतिनिधिहरू सहभागी थिए । सम्मेलनमा आप्रवासनसम्बन्धी सफल अभ्यासहरूको आदानप्रदान गरियो ।
यो कार्यक्रम कोइकाले सन् २०२२ मा सुरु गरेको ‘नेपालमा फर्किएका आप्रवासी कामदारहरूको स्थायी पुनः एकीकरणका लागि चरणगत सहायता प्रणाली सुदृढीकरण’ शीर्षक परियोजना अन्तर्गत गरेको के–हामी परियोजनाले जनाएको छ ।
एपमार्फत कोरिया जाने नेपालीलाई के हुन्छ फाइदा ?
उक्त एपमार्फत पूर्व–आप्रवासन चरण अन्तर्गत दृष्टिकोण निर्माण, वित्तीय साक्षरता र जीवन सुरक्षा सम्बन्धी तालिम सम्बन्धी जानकारी दिन पाउनेछन् ।
त्यस्तै आप्रवासन चरण अन्तर्गत ‘हामी’ एपमार्फत आवश्यक सूचना र स्रोतहरू प्राप्त गर्नुका साथै, साप्ताहिक रूपमा व्यावसायिक र उद्यमशीलता तालिम प्रदान गर्न मदत मिल्ने के–हामी प्रोजेक्टरका टिम लिडर दिपक न्यौपानेले जानकारी दिए ।
पश्चात–आप्रवासन चरणमा पुनः एकीकरण, उद्यम तालिम र नयाँ व्यवसाय स्थापना गर्न बीउ पूँजीसम्बन्धी जानकारी तथा सहयोग प्रदान गरिने उनको भनाइ छ ।
कार्यक्रममा मन्त्री भण्डारीले ‘हामी’ एप नेपाली कामदारका अधिकार सुरक्षित गर्न र संरचित आप्रवासन प्रणाली निर्माण गर्न उपयोगी भएको बताए । ‘सरकारले सुरक्षित आप्रवासन र सफल पुनः एकीकरणका लागि नीतिहरू विकास गर्न प्रतिबद्ध छ’, उनले भने ।
नेपालका लागी कोरियाली राजदूत पार्क टो यङले ‘हामी’ एप कोरिया–नेपाल सहकार्यको प्रतीक भएको बताए । जसले कामदारको पूरै यात्रामा साथ दिने र दीर्घकालीन सहकार्य र आप्रवासन क्षेत्रमा साझा प्रगतिको अपेक्षा गर्ने बताए ।
यसै वर्ष नेपाल–कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५१ औँ वर्ष पुगेको अवसरमा आयोजना गरिएको यो संयुक्त कार्यक्रम जनस्तरको सहकार्यको नमुना र आप्रवासी कामदारका अधिकार प्रवर्द्धनको दिगो माध्यमका रूपमा चित्रित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण