अर्घाखाँचीमा दाजुद्वारा भाइको हत्या
शुक्रबार, १३ असार २०८२, ११ : ५१
सारांश
- अर्घाखाँचीमा दाजुले बन्चरो प्रहार गर्दा भाइको मृत्यु भएको छ।
- शितगंगा नगरपालिकामा मदिरा सेवनपछि विवाद हुँदा घटना घटेको हो।
- प्रहरीले हत्यामा संलग्न दाजुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
बुटवल । अर्घाखाँचीमा आपसका विवाद हुँदा दाजुले बन्चरो प्रहार गरी भाइको हत्या गरेका छन्। शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुवै जनाले मदिरा सेवन गरेको बेला झगडा परेको प्रहरीले जनाएको छ। बन्चरो प्रहारपछि घाइते भएका बमबहादुरलाई स्थानीयले अस्पतालमा लागेको थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
भाइलाई बन्चरो प्रहार गरी भागेका विष्णुबहादुरलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण