‘हली’को ‘चान्स पाएँ त’ गीत सार्वजनिक
काठमाडौँ । पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको फिल्म ‘हली’को प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक गरिएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतमा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको सङ्गीत छ ।
यो गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । सुभ चिरायू फिल्मस्सँग जापुरा फिल्मस् प्रोडक्सनको ब्यानरले सहकार्य गर्दै निर्माण गरिएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।
सार्वजनिक प्रमोशनल गीतमा फिल्मका मुख्य नायक प्रमोद दीपसँगै कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् ।
कलाकारहरूको बलियो नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ । वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भनिएको यो फिल्ममा नम्रता भण्डारी सह–निर्माताको रूपमा छिन् ।
फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ ।
अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, राम प्रसाद चौधरीको सम्पादन छ ।
फिल्मको प्रमोशनल गीतलाई भने विपिन मल्लले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । फिल्ममा राहुल राइको छायाङ्कन छ ।
फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको सङ्गीत, कुमार महर्जनको एक्सन, कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण