पूर्वराजा ज्ञानेन्द्रको ७९ औं जन्मोत्सव हर्षोल्लासका साथ मनाउन आह्वान
शनिबार, १४ असार २०८२, ०९ : १६
सारांश
- संयुक्त जनआन्दोलन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव मनाउन आह्वान गरेको छ।
- समितिले जन्मोत्सवको दिन दीप प्रज्वलन र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ।
- असार २३ गते निर्मल निवासमा पूर्वराजालाई शुभकामना दिन र अभिवादन चढाउन समितिले आग्रह गरेको छ।
काठमाडौँ । संयुक्त जनआन्दोलन समितिले आगामी असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव राष्ट्रव्यापी रूपमा मनाउन आम नागरिकलाई आह्वान गरेको छ।
समितिका संयोजक नवराज सुवेदीले एक अपिल जारी गर्दै जन्मोत्सवको दिन दीप प्रज्वलनलगायतका कार्यक्रम गर्न अनुरोध गरेका छन् । साथै, असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवासमा पूर्वराजासमक्ष शुभकामना तथा अभिवादन चढाउन सकिने कार्यक्रम रहेकोले त्यहाँ पनि सहभागी हुन समितिले आग्रह गरेको छ ।
अपिलमा राजा र जनता मिलेर राष्ट्र जोगाएको इतिहासलाई स्मरण गर्दै जन्मोत्सव मनाउन लागिएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण