आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीको अपिल

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्रीको अपिल: ‘सतर्क रहौँ’

आइतबार, १५ असार २०८२, ०० : १८
आइतबार, १५ असार २०८२

काठमाडौँ । स्पेन भ्रमणमा निक्लिएका प्रधानमन्त्री केपी शर्मा ओली बाढी, पहिरो र डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । 

संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका ओलीले ‘फेसबुक’ मार्फत यस्तो आग्रह गरेका हुन् ।

उनले जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार केही जिल्लामा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएको र विपद् व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आह्वान गरिसकेको उल्लेख गरेका छन्।

सञ्जाल मार्फत ओलीले नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न, नदी किनार र पहाडी क्षेत्रका बासिन्दाले विशेष सतर्कता अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

“अत्यावश्यक बाहेक यात्रा नगरौँ,” प्रधानमन्त्री ओलीले लेखेकाछन्, “स्थानीय प्रशासन, स्वयंसेवक र सुरक्षा निकायसँग समन्वयमा रहौँ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप