प्रहरीकाे कार्यालय सहयोगदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक
सारांश
- गृहमन्त्री रमेश लेखकले प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई 'आधारभूत तह' भन्नुपर्नेमा जोड दिएका छन्।
- मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरूको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए।
- सरकार प्रहरी ऐनलाई खुला रूपमा संवाद गरेर यो कानुनलाई सबैभन्दा राम्रो बनाउने गरेर निष्कर्षमा पुर्याउन तयार रहेको उनको भनाई छ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्नेमा जोड दिएका छन् । आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखक कार्यालय सहयोगीदेखि हवलदारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताए ।
‘प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवलदारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरू प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु ।’ गृहमन्त्री लेखकले भने– ‘प्रहरीको ती कर्मचारीहरूलाई आधारभूत तह भन्नुपर्छ भनेको छु । प्रहरीको ठुलो सङ्ख्या जवान, हवलदार लगायत हुनुहुन्छ । सबैभन्दा ज्यादा सडकमा १२ देखि १६ घण्टा ड्युटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिट’ नै त्यही जगमा उभिएको छ । त्यसो हुनाले कानुनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौँ । बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौँ ।’
मन्त्री लेखकले उक्त तहका प्रहरी कर्मचारीहरूको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए । ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई परिमार्जन गरेर राम्रो भन्दा राम्रो कानुन बनाउने हामी सबैको एकै उद्देश्य हो’ मन्त्री लेखकले भने– ‘नेपाल प्रहरीको सर्भिस ल नै यही हो ।’
सरकार प्रहरी ऐनलाई खुला रूपमा संवाद गरेर यो कानुनलाई सबैभन्दा राम्रो बनाउने गरेर निष्कर्षका पुर्याउन तयार रहेको उनको भनाई छ ।
‘नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पुरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गर्दादेखि निवृत्त हुँदासम्म सम्पूर्ण वृद्धि विकास लगायतको विषय राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो’ लेखकले भने– ‘नेपाल प्रहरीको कानुन यो देशको सबैभन्दा पुरानो मध्येको कानुन हो । अहिलेसम्म समयसापेक्ष परिमार्जन गरेर नयाँ ल्याइएको छैन । यही अधिवेशनमा प्रस्तुत गर्ने गरेर प्राथमिकता दिएर अगाडि बढाइदिन हुन अनुरोध गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण