कल लिक भएपछि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै व्यापक प्रदर्शन
बैंकक । थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्राको विरोधमा हजारौँ मानिसहरू बैंककको सडकमा उत्रिएर उनको राजीनामाको माग गरेका छन्।
सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेन बिचको फोन वार्ता लिक भएपछि प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन भएको हो।

हालै दुई देशबिचको सीमामा भएको घटनाको बारेमा गरिएको उक्त फोनवार्तामा सिनावात्राले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गर्दै विवाद सम्हालिरहेका थाई सैन्य कमाण्डर ‘केवल राम्रो देखिन चाहेको र कुनै उद्देश्य पूरा नगर्ने बयान दिएको’ बताएकी थिइन्।

यो कुराले थाइल्याण्डमा जनतामा आक्रोश निम्त्याएको छ भने सत्तारुढ गठबन्धनको एक प्रमुख सहयोगीको राजीनामा पनि आएको छ। यद्यपि सिनावात्राले फोन कलका लागि माफी मागेकी छिन् । उनले यसलाई 'वार्ताको तरिका' भन्दै बचाउ पनि गरेकी छन्।
सिनावात्राले पत्रकारहरूलाई शान्तिपूर्ण भए विरोध गर्नु जनताको अधिकार रहेको स्पष्ट पारिन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण