चीनले हटायो जापानी सिफुडमाथिको प्रतिबन्ध
सारांश
- चीनले जापानबाट समुद्री खानामा लगाएको दुई वर्ष लामो प्रतिबन्ध हटाएको छ।
- फुकुसिमा आणविक प्लान्टबाट हल्का रेडियोधर्मी पानी समुद्रमा छोड्ने योजनापछि प्रतिबन्ध लगाइएको थियो।
- चीनले फुकुशिमा सहित १० प्रान्तबाट आउने समुद्री खानामा भने प्रतिबन्ध कायमै राखेको छ।
बेइजिङ । चीनले जापानी सिफुडमाथिको करिब दुई वर्ष लामो प्रतिबन्ध हटाएको छ । जापानले फुकुसिमा आणविक प्लान्टबाट हल्का रेडियोधर्मी पानी समुद्रमा छोड्ने योजना कार्यान्वयन गर्न थालेपछि २०२३ मा यो प्रतिबन्ध लगाइएको थियो ।
तर, अब चीनले जापानका अधिकांश भागहरूबाट समुद्री खानाको आयात पुनः सुरु गर्ने घोषणा गरेको छ ।
२०११ को विनाशकारी सुनामीमा फुकुसिमा आणविक प्लान्टमा गम्भीर क्षति पुगेको थियो । आज पनि, इन्धन चिसो पार्न प्लान्टमा पानी निरन्तर पम्प गरिन्छ । यो पानीलाई पछि ट्याङ्कीमा जम्मा गरेर राखिएको थियो । यो पानीको व्यवस्थापनबारे वर्षाैंसम्मको बहसपछि जापान सरकारले यो पानीलाई प्रशोधन गरेर बिस्तारै समुद्रमा छोड्न अनुमति दिएको थियो ।
उक्त पानी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डभन्दा सुरक्षित रहेको र यसले वातावरणमा कुनै गम्भीर प्रभाव नपार्ने जापानको तर्क थियो । तर चीन यो कुरामा सहमत थिएन । चीनले अगस्ट २०२३ मा जापानबाट आउने सिफुडमा प्रतिबन्ध लगाएको थियो । चीन जापानी समुद्री खानाको लागि सबैभन्दा ठुलो विदेशी बजार थियो । जापानबाट बाहिरिने सिफुडमध्ये करिब २० चीन जान्थ्यो । यो जापानको माछा मार्ने उद्योगको लागि ठुलो धक्का थियो ।
चीनले अब प्रतिबन्ध खुकुलो पारे पनि फुकुशिमा लगायत जापानका १० प्रान्तबाट आउने समुद्री खानामा प्रतिबन्ध अझै जारी छ । चिनियाँ भन्सार निकायले जापानी कम्पनीहरूले पुनः दर्ता गर्नुपर्ने र सबै आयातित खाद्य वस्तुहरूसँग रेडियोधर्मी पत्ता लगाउने प्रमाणपत्र, स्वास्थ्य प्रमाणपत्र र उत्पत्तिको देशको प्रमाणपत्र प्रदान गर्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण