बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको सदस्यता नवीकरणः तीन जिल्लामा फारम नै पुगेन, पाँच वटाले मात्रै बुझाए विवरण

नयाँ क्रियाशील एक जिल्लामा मात्रै बाँड्न सुरु
सोमबार, १६ असार २०८२, १६ : १४
सोमबार, १६ असार २०८२

सारांश

  • नेपाली कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने समयसीमा तोकेको छ, तर अधिकांश जिल्लाले प्रक्रिया पूरा गरेका छैनन्।
  • महामन्त्री गगन थापाको प्रतिवेदनअनुसार बारा, डोल्पा र मुस्ताङमा नवीकरण फारम वितरण नै भएको छैन, जहाँ १० हजार ९ सय ४३ क्रियाशील सदस्य छन्।
  • असार १२ गतेसम्मको प्रगतिअनुसार ५ जिल्लाले नवीकरण विवरण बुझाएका छन् भने १७ जिल्लाले नयाँ सदस्यता फारम पठाएको जानकारी दिएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्न दिएको समयसीमा सकिन १६ दिन मात्र बाँकी छ । तर यस्तोमा अधिकांश जिल्लाले प्रक्रिया नै पूरा नगरेको पाइएको छ । 

महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनअनुसार तीन जिल्लामा नवीकरणको फारम र कार्ड नै वितरण नभएको पाइएको छ भने हालसम्म पाँच जिल्लाले मात्रै विवरण केन्द्रमा बुझाएका भेटिएका छन् । 

समिति संयोजक महामन्त्री थापाले सोमबार सुरु केन्द्रीय समिति बैठकमा बारा, डोल्पा र मुस्ताङमा नवीकरण फारम वितरण नभएको जानकारी दिएका हुन् । थापका अनुसार ती तीन जिल्लामा १० हजार ९ सय ४३ क्रियाशील सदस्य रहेका छन् । पार्टीले २०७९ चैत २२ गतेबाट जिल्लाहरूमा नवीकरण फारम पठाउन सुरु गरेको थियो ।

sanepa2

महामन्त्री थापाको प्रतिवेदनअनुसार १४ औँ महाधिवेशनसम्म कायम रहेका ८ लाख ७० हजार ७८० क्रियाशील सदस्यमध्ये मुलुकभर ८ लाख ५० हजार ८४६ र जनसम्पर्क समितिमा ९ हजार ६१८ क्रियाशील सदस्यकाे फारम र कार्ड वितरण भइसकेको छ । 

असार १२ गतेसम्मको प्रगति विवरणअनुसार ५ जिल्लाले नवीकरण विवरण केन्द्रमा बुझाएका छन् भने १५ जिल्लाले सिस्टममा विवरण प्रविष्ट गराइरहेका छन् । त्यस्तै १० जिल्लामा निर्णय प्रक्रिया जारी रहेको, ३३ जिल्लामा वडाबाट फाराम संकलन भइरहेको र १४ जिल्लामा नवीकरणमा समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । 

क्रियाशील सदस्यता वितरणको के छ अवस्था ? 

महामन्त्री थापाले हाल कायम सदस्य संख्याको २५ प्रतिशत अर्थात् २ लाख १७ हजार ९०१ नयाँ सदस्यता फाराम मातहतका निकायमा पठाइएको बताए ।

१७ जिल्लाले वडामा सदस्यता फाराम पठाएको जानकारी केन्द्रलाई गराएका छन् । अहिलेसम्म दोलखाबाहेक अन्य जिल्लामा नयाँ क्रियाशील सदस्यताको फाराम वितरण नभएको जानकारी केन्द्रीय कार्यालयको सदस्यता व्यवस्थापन समितिमा आइपुगेको प्रतिवेदन केन्द्रीय समितिमा पेस भएको छ । 

समितिले जनसंख्या, मतसंख्या र आवश्यकता हेरी मापदण्ड बनाएर साउनपछि नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

congress-sadasyata (1)congress-sadasyata (2)congress-sadasyata (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप