रुपन्देही-३ मा उपनिर्वाचन घोषणासँगै मतदाता नामावली दर्ता स्थगन
सोमबार, १६ असार २०८२, १८ : १४
सारांश
- निर्वाचन आयोगले रुपन्देही- ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
- आयोगले मतदाता नामावली दर्ता कार्य अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
- आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावली दर्ता स्थगनबारे जानकारी गराएको छ।
काठमाडौँ । रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यको रिक्त एक पदका लागि आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले उक्त मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
यससँगै आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) बमोजिम मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको छ। आयोगका अनुसार असार १७ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नियमित रूपमा भइरहेका मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको छ।
आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण