बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपालनिकट डोटिम परिसंघले राष्ट्रिय भेला तथा बृहत् अन्तरक्रिया गर्दै

मङ्गलबार, १७ असार २०८२, ०९ : १८
मङ्गलबार, १७ असार २०८२

सारांश

  • जसपा नेपाल निकट डोटिम परिसंघले राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
  • दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायमाथि भइरहेको भेदभाव अन्त्यका लागि कार्यक्रम आयोजना गरिँदैछ।
  • कार्यक्रम जसपाका अध्यक्ष उपेन्द्र यादवले असार २८ गते डिल्लीबजारमा उद्घाटन गर्नेछन्।

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट डोटिम परिसंघले राष्ट्रिय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेपालको वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणालीमा पनि विभिन्न समुदायहरूप्रति कायम आर्थिक, सामाजिक–सांस्कृतिक भेदभाव, असमानता र उपेक्षाको अन्त्य हुन नसकेको कारण पार्टीले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यकको संगठन डोटिम परिसंघ निर्माण गरी सङ्गठनको राष्ट्रिय भेला तथा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

असार २८ गते डिल्लीबजारमा हुने डोटिम परिसंघको राष्ट्रिय भेलालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने भएका छन् ।

जसपा नेपालले उक्त कार्यक्रमलाई सफल पार्न र आवश्यक सहयोगका लागि कार्यदलसमेत बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप