सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
सारांश
- आजपा निकटको आम महिला मोर्चाले राज्यका हरेक तह र निकायमा महिलाको ५१ प्रतिशत सहभागिताको माग गरेको छ।
- मोर्चाले महिला सहभागिता सुनिश्चित गर्न विभिन्न कार्यक्रमका लागि प्रदेशमा कमान्डर तोकेको छ।
- बैठकले महिला अधिकार र विभेदविरुद्ध संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले राज्यको हरेक तह र निकायमा महिलालाई ५१ प्रतिशत सहभागिताको माग गरेको छ ।
मोर्चाका अध्यक्ष कुमारी बबिताले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै राज्यको हरेक तह र निकायमा महिलाको ५१ प्रतिशत सहभागिता हुनुपर्ने माग गरेकी छन् । त्यसका लागि महिला मोर्चाले सङ्घर्षका विभिन्न कार्यक्रम अगाडी बढाउनका लागि प्रदेशहरूमा कमान्डर समेत तोकिएको छ ।
कोशी प्रदेशमा गायत्री राई इन्चार्ज र ममता चौधरीलाई अध्यक्ष, मधेस प्रदेशमा रेहाना खातुन इन्चार्ज र किरण यादव अध्यक्ष, उपत्यका विशेष प्रदेशमा रञ्जु साह इन्चार्ज र मिनादेवी साह अध्यक्ष, बागमती प्रदेशमा देवकुमारी साह इन्चार्ज र अनिता थापालाई अध्यक्षको जिम्मेवारी दिइएको महिला मोर्चाका केन्द्रीय अध्यक्ष बबिताले जनाएकी छन् ।
यसैगरी गण्डकी प्रदेशमा सीता सुवेदी इन्चार्ज र ज्योति शेर्पा अध्यक्ष, लुम्बिनी प्रदेशमा विद्या शर्मा इन्चार्ज र विमला विक अध्यक्ष, कर्णाली प्रदेशमा सीमा जयसवाल इन्चार्ज र हरिकला देवकोटा अध्यक्ष, सुदूरपश्चिम प्रदेशमा फुलबदनदेवी पटेल इन्चार्ज र आशा सञ्जेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
महिला मोर्चाको बसेको बैठकले राज्यको हरेक तह र निकायमा महिलाको ५१ प्रतिशत सहभागिता, कमिटी बिस्तार, पुनर्गठन सहित महिलाको हकअधिकार एवं महिलामाथि हुने विभेदका विरुद्धमा सङ्घर्षका विभिन्न कार्यक्रम अगाडी बढाउने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण