रौनक श्रीवास्तव व्यक्तिगत १ सय ६८ रन बनाउने पहिलो नेपाली खेलाडी
काठमाडौँ । रौनक श्रीवास्तव नेपाली क्रिकेट इतिहासमा व्यक्तिगत १ सय ६८ रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानविरुद्ध १ सय ६८ रनको शतकीय पारी खेलेका हुन् ।
रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्कासहित १ सय ६८ रन बनाएका थिए ।योसँगै रौनक नेपालका लागि व्यक्तिगत स्कोरमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । नेपालका लागि उमेर समूहको खेलमा यू–१६ र यू–१९ दुवै उमेर समूहमा शतक बनाउने खेलाडीको इतिहास भने रित गौतमसँग छ ।
यसअघि सर्वाधिक व्यक्तिगत रन बनाउने नेपाली खेलाडीमा अर्जुन कुमाल थिए । उनले सन् २०२३ अक्टोबरमा भएको एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १ सय ४३ रन बनाएका थिए ।
रित गौतम उमेर समूहमा नेपालबाट दुई शतक बनाउने पहिलो खेलाडी हुन् । रितले सन् २०१९ मा एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको समूह ‘ए’ को खेलमा सिंगापुरविरूद्ध अविजित १ सय १५ रन बनाएका थिए ।
त्यसपछि रितले सन् २०१७ थाइल्यान्डमा भएको एसीसी यू–१६ इस्टर्न रिजनमा म्यानमारसँग अविजित १ सय ६ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण