नेपालका हिमताल विस्फोटनका जोखिम रोकथाम परियोजनालाई झन्डै ५ अर्ब अनुदान स्वीकृत
सारांश
- हरित जलवायु कोषले नेपालको जलवायु अनुकूलन परियोजनाका लागि झण्डै ५ अर्ब रुपैयाँ अनुदान स्वीकृत गरेको छ।
- यो परियोजनाले हिमताल विष्फोटन बाढी र जलवायु परिवर्तनबाट हुने जोखिम कम गर्नेछ।
- संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यस परियोजनाको कार्यान्वयन निकाय रहनेछ।
काठमाडौँ । हरित जलवायु कोष ९जीसीएफ० को सञ्चालक समितिले नेपालको एक महत्त्वपूर्ण जलवायु अनुकूलन परियोजनाका लागि झन्डै ५ अर्ब रुपैयाँ (३६.२० मिलियन अमेरिकी डलर) बराबरको अनुदान स्वीकृत गरेको छ।
पपुवा न्यू गिनीको पोर्ट मोरेस्बीमा जारी जीसीएफको ४२औँ बैठकबाट ‘हिमताल विस्फोटन बाढी र जलवायु परिवर्तन प्रेरित बाढीबाट जोखिममा परेका जीविकोपार्जन र सम्पत्तिको संरक्षण’ शीर्षकको ४ अर्ब ८० करोड रुपैयाँ बराबरको यो परियोजना स्वीकृत भएको हो। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) यस परियोजनाको मान्यता प्राप्त कार्यान्वयन निकाय (एक्रिडिटेड एन्टीटी) रहनेछ।
यो परियोजनाले विशेषगरी नेपालका हिम नदी बेसिनहरूमा हिमताल विस्फोटन बाढी ९ग्लोफ० र जलवायु परिवर्तनका कारण उत्पन्न हुने अन्य बाढीबाट हुने जोखिम न्यूनीकरण गर्न मद्दत पुर्याउने बताइएको छ। यस अनुदानले जोखिममा रहेका समुदायको जीविकोपार्जन र भौतिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण, पूर्वसूचना प्रणाली स्थापना र सामुदायिक तयारीमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बैठकमा भाग लिन पुगेका जीसीएफको वैकल्पिक बोर्ड सदस्य डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण