दक्षिण कोरियाका शीर्ष अभियोजकद्वारा राजीनामा
बुधबार, १८ असार २०८२, १० : १४
सारांश
- दक्षिण कोरियाका शीर्ष अभियोजकले पदबाट राजीनामा दिएका छन्, पदभार ग्रहण गरेको नौ महिनापछि।
- महाअभियोजक शिम वू-जुङले राजीनामा दिएका हुन् र उनको बिदाई समारोह बुधबार हुनेछ।
- नयाँ राष्ट्रपतिले अभियोजन पक्षको अनुसन्धान अधिकार खोसेर प्रहरीलाई दिने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । दक्षिण कोरियाका शीर्ष अभियोजकले गत वर्ष सेप्टेम्बरमा पदभार ग्रहण गरेको करिव नौ महिनापछि राजीनामा दिएका छन् ।
महाअभियोजक शिम वू–जुङले राजीनामा दिएका हुन् । उनको अवकाश समारोह बुधवार आयोजना गरिने बताइएको छ ।
जुन ४ मा देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका राष्ट्रपति ली जे–म्युङले अभियोजन पक्षको अनुसन्धान गर्ने सबै अधिकार खोसेर प्रहरीलाई दिने प्रतिवद्धता गरेका छन् । कानूनअनुसार अभियोजकहरूलाई हाल केही गम्भीर अपराधहरूको अनुसन्धान गर्न अनुमति दिइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण